९ मंसिर २०८३, बुधबार

देउवा क्याविनेटमा मिथिला चौधरीलाई पठाउने नेकपा संयुक्तको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । संसदमा तीन सीट भएको नेकपा संयुक्त पार्टीले देउवा सरकारमा सांसद मिथिला चौधरीलाई पठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टीको पोलिटव्यूरो बैठकले चौधरीलाई देउवा सरकारको मन्त्री बनाउने निर्णय गरेको हो ।

पार्टीका अध्यक्ष अध्यक्ष गणेश साहका अनुसार सप्तरीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद चौधरीलाई मन्त्री बनाउने सर्वसम्मत निर्णय भएको हो ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा संयुक्तबाट जयदेव जोशी मन्त्री थिए ।