९ मंसिर २०८३, बुधबार

प्रदेश नम्बर एकमा एमालेले झापाबाट रच्यो इतिहास ! मेनुका बनिन् प्रदेशकै पहिलो महिला अध्यक्ष

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर एकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले इतिहास बनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट स्थानीय तहमा महिला प्रमुख निर्वाचित गराएर एमालेले प्रदेश नम्बर १ मा पहिलो महिला प्रमुख दिएको हो ।

मंगलबार प्राप्त नतिजाअनुसार झापा जिल्लाको कमल गाउँपालिकाको अध्यक्ष पदमा एमालेकी मेनुका काफ्ले निर्वाचित भएकी छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हुकुमसिंह राईलाई उछिन्दै काफ्ले प्रदेश नम्बर १ कै पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

कमल गाउँपालिकामा दिउँसो २ बजेतिरै मतगणना सकिएको थियो । तर, एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत पाएपछि गोलाप्रथाद्वारा विजयी घोषणा गरिएको हो । काफ्ले र राई दुवैले ८२७५ मत पाएका थिए ।

यसअघि प्रदेश नम्बर ७ मा पनि एमालेबाटै पहिलो महिला मेयर निर्वाचित भएकी थिइन् ।