२१ कार्तिक २०८३, शनिबार

प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षा सञ्चालन हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । जनपद तथा प्राविधिक तर्फको प्रहरी जवान पदमा खुल्ला प्रतियोगिता अनुसार पदपूर्ति गर्न प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रतियोगितात्मक परीक्षा सुरु हुने भएको छ ।

उक्त प्रतियोगिता अन्तर्गत जनपदतर्फको प्रहरी जवान पदको लागि असार २६ गतेदेखि र प्राविधिकतर्फका प्रहरी जवान पदको लागि असार २५ गतेदेखि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुने भएको हो ।

साथै प्रहरी कार्यालय सहयोगी पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको असार २६ गतेदेखि महानगरीय प्रहरी शिक्षालयमा प्रयोगात्मक परीक्षा संचालन हुने भएको छ ।

उक्त सबै परीक्षाका सम्बन्धमा बिस्तृत जानकारी सहितको सूचना नेपाल प्रहरीको वेवसाइटमा राखिएको छ ।