२१ कार्तिक २०८३, शनिबार

राजापुरमा माओवादी केन्द्र, बाँसगढीमा एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुलरिया (बर्दिया), २० असार । राजापुर नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगर प्रमुखमा शिव थारु नौ हजार ४९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहााका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपकजङ्ग शाहले आठ हजार ६०६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादी केन्द्रकी मनकलाकुमारी चौधरी नौ २१९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी तारा चौधरीले आठ हजार ५७० मत प्राप्त गर्नुभयो ।

यसैगरी बाँसगढी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा शालिकराम अधिकारी आठ हजार ७८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विनाराम थारुले सात हजार ८२२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी सुस्मा चौधरी नौ हजार २९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भूमी विकले सात हजार ३४८ मत प्राप्त गर्नुभयो । रासस