२१ कार्तिक २०८३, शनिबार

चितवनमा बस दुर्घटनाः ३ जनाको मृत्यु, ५ घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० असार । ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना.६ ख २४६८ नम्बरको बस मंगलबार आफै अनियन्त्रित भई सडकको नालीमा पल्टेर दुर्घटना हुँदा बसमा सवार २७ जना यात्रुमध्ये ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा बर्दिया, मगरागढी–६ बस्ने २६ वर्षीय राजकुमार थारु र निज थारुकी ३ महिनाको छोरीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनास्थलमा तत्काल प्रहरी टोली पुगी घाइतेको उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज कास्की पठाएकोमा बसचालक कैलालीका ३० वर्षीय दिनेश राना मगरको उपचारको क्रममा मृत्यु भएको छ । अन्य ५ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको र ४ जनाको अवस्था मध्यम तथा १ जनाको सामान्य रहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीबाट उद्धार एवं थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।