
भालवाङ, २० असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले विजयी र्याली निकालेको छ ।
भालुबाङको पाखापानीबाट निस्किएको विजयी र्यालीले गाउँपालिकाको विभिन्न स्थानको परिक्रमा गर्नेछ ।
र्यालीमा दाङ क्षेत्र नं. २ कि कांग्रेस सांसद सुशीला चौधरी, दाङ कांग्रेसका सचिव शंकर डाँगी, कांग्रेस नेता खगराज पाण्डे, राप्ती गाउँपालिका ईकाई सभापति दुर्योधन पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको छ ।
विजयी र्याली पाखापानीबाट लालमटिया, बराखुट्टी मसुरिया, बाघडढ्ढी, मौरीघाट, शहीद श्रीनाराणण चोक, बिजौरी, पिपरी हुँदै सिसहनियाँ पुगेर समापन हुनेछ ।
समापनलाई सांसद सुशीला चौधरीसहितका कांग्रेसका स्थानीय नेताहरूले सम्बोधन गर्ने छन् ।
वामपन्थीहरूको गढ मानिने राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । दुई वटा वडा बाहेक सबैमा कांग्रेसले जित हासिल गरेको छ ।












प्रतिक्रिया