९ मंसिर २०८३, बुधबार

सम्मरीमाईमा लोकतान्त्रिक फोरम विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, २० असार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेको छ ।

रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जित हो । सम्मरीमाईमा लोकतान्त्रिक फोरमका जीतेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याउनुभयो । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु प-यो ।

उपाध्यक्ष भने काँग्रेसले जितेको छ । काँग्रेसकी कुमारी प्रियंका शाही सिंहले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी कमलावती अहिरले दुई हजार १५० मत ल्याउनुभएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो । रासस