९ मंसिर २०८३, बुधबार

मध्यरातमा नेपालगञ्ज उपमहानगरको नतिजा : राप्रपाका धवलशम्शेर मेयर, काँग्रेसकी उमा उपमेयर विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २० असार । नेपालगञ्ज उपमहानरपालिकाको मेयरमा जित्दै राप्रपाले उपमहानगरपालिकामा पहिलोपटक खाता खोलेको छ । राप्रपाका धबलशमशेर राणा नेपालगञ्जको मेयरमा निर्वाचित भएका हुन् ।

स्थानीय तहको चुनावमा राप्रपाले उपमहानगरपालिका जितेको यो पहिलो हो । राप्रपाका राणा १२ हजार ५१५ मत ल्याउँदै विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रसेका डा सुरेशकुमार कनौडिया ३ हजार ७८५ मत अन्तरले पराजित थिए ।

उपमेयरमा कांग्रेसकी उमा थापा मगर विजयी भएकी छिन् । युवा नेतृ उमा पेशाले पत्रकार पनि हुन् । नेपालगञ्जको मतपरिणाम मध्यराति घोषणा भएको हो ।

कस्ले कति वडा जित्यो ?

नेपालगञ्ज उपमहानगरमा सबैभन्दा बढी वडा भने काँग्रेसले जितेको छ । काँग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३ र संघीय समाजवादी फोरमले २ वटा वडा जितेका छन् ।

यस्तो छ सूची

नेपाली कांग्रेस- ८

वडा नम्बर २ कांग्रेस, सुनील सिंह हमाल

वडा नम्बर १० कांग्रेस, बिन्दुभुषण बस्नेत

वडा नम्बर ११ कांग्रेस

वडा नम्बर १२ कांग्रेस, बुद्धि सागर सुवेदी

वडा नम्बर १३ कांग्रेस ,सुदिप नर्सिग राणा

वडा नम्बर १६ कांग्रेस

वडा नम्बर १९, कांग्रेस,

वडा नम्बर २२ कांग्रेस, बिधा राम वर्मा

 

नेकपा एमाले – ६

वडा नम्बर १ एमाले, प्रमोद रिजाल

वडा नम्बर ६ एमाले, समीर प्रताप सिंह

वडा नम्बर ९ एमाले, बिष्णु लामा

वडा नम्वर १ एमाले, ओमकारना मिश्रा

वडा नम्बर १८ एमाले, दीपक बर्मा

वडा नम्बर २० एमाले ,कृष्ण काक्री

 

माओबादी केन्द्र – ४

वडा नम्बर ३ माओकेन्द्र, अय्यूब सिद्दीकी

वडा नम्बर ७ माओ केन्द्र, जुम्मन खांन

वडा नम्बर १७ माओकेन्द्र, अजय पाठक

वडा नम्बर २१ माओ केन्द्र, रन्जित खान

 

राप्रपा- ३

वडा नम्बर ४ रा प्र पा, शफीक बेहना

वडा नम्बर ५ रा प्र पा, कैफुलवरा अंसारी

वडा नम्बर ८ रा प्र पा, सुरेन्द्र गुप्ता

 

फोरम- २

वडा नम्बर २३ फोरम, मोहम्मद हुसैन शेख

वडा नम्बर १५ फोरम, बब्लन कबडिया