
कैलाली, २० असार । कैलालीको टीकापुर नगरपालिकाको नेकपा एमालेले जितेको छ ।
सोमबार राति सकिएको मतगणनामा मेयरमा एमालेका तपेन्द्र रावल ५ हजार ९१५ मतका साथ बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादीका उम्मेदवारले ५ हजार ५९४ मत ल्याए । यसैगरी, काङ्ग्रेसका मेयरका उम्मेदवारले ५ हजार ५२५ र फोरम लोकतान्त्रिकका उम्मेदवारले ५ हजार ४८१ मत ल्याए ।
उपमेयर काँग्रेसकी केशरी बिष्ट बिजयी भएकी छिन् । उनले ५ हजार ८४२ मत पाइन् । माओवादी उम्मेदवारले ५ हजार ३९९, फोरमले ५ हजार ११८, एमालेले ५ हजार ३८ मत पाए ।











प्रतिक्रिया