९ मंसिर २०८३, बुधबार

बिजुलीबजारमा राजपाको बैठक, सरकारलाई दवाव दिने, आवश्यक परे समर्थन फिर्ता लिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

– विमल योगी

काठमाडौं, १९ असार । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनसहितका मागलाई पूरा गराउनका लागि दवाव दिने तयारी थालेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालमाय सोमबार बसेको राजपा अध्यक्षमण्डलको बैठकमा माग पूरा गराउने विषयमा सरकारलाई कसरी दवाव सृजना गर्ने भन्ने विषयमा छलफल भएको हो ।

भावी आन्दोलनका कार्यक्रम र मागका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

सरकार गठनका बेला कांग्रेस–माओवादी गठबन्धनसँग भएको सहमति कार्यान्वयनमा अगाडि नबढेको भन्दै राजपा नेपालले माग पूरा गर्न अल्टिमेटम दिने तयारी समेत गरेको छ । ‘अब यसरी हुँदैन’, उच्च स्रोतले भन्यो, ‘सरकारलाई अल्टिमेटम दिएर समर्थन फिर्तासम्मको दवाव दिनुपर्छ ।’

राजपा नेपालले पूर्वसहमतिअनुसार संविधान संशोधनका लागि कांग्रेस–माओवादीलाई दवाव दिँदै आएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा हुनुपर्ने राजपा नेपालको माग छ ।

यद्यपि, कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधनका लागि संख्या नपुगेको भन्दै आलटाल गर्दै आएका छन् । बैठकमा शीर्ष सबै नेताहरूको सहभागिता रहेको थियो ।