९ मंसिर २०८३, बुधबार

राजपाले भन्यो- देउवा र प्रचण्डले धोका दिए, अब एमालेसँग सम्बन्ध सुधार्छाै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । राष्ट्रिय जनता पार्टी नेपालका  नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा सुमनले भने, ‘एमाले अहिले सुध्रिएको छ, राजपा र एमालेवीच अब सम्बन्ध सुधारको लागि पहल भैरहेको छ ।’ सुमनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन आफूहरुले लिनेबारे आन्तरिक छलफल सुरु गरिसकेकोले एक दुई दिनभित्रै निर्णय लिने सार्वजनिक गरे ।

उनले राजपा नेपालसँगकै सहमतिमा निर्वाचन सारिएको भनेर प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिलाई गलत र मिथ्याको संज्ञा दिए । उनले भने,‘देउवाजीले भनेको कुरा गलत हो, के उनी हाम्रा प्रवक्ता हुन र ?’ उनले देउवालाई प्रधानमन्त्री हुन ल्याकत नभएको व्यक्ति भनेर टिप्पणी गरे । उनले एमाले सुध्रिएको भन्दै साधुवाद टक्र्याए । उनले देउवाका पछिल्ला अभिव्यक्ति र कुराहरु सुन्दा उनी हाँस्यकलाकार भएको बताए ।

यद्यपी उनले संविधान संशोधनको लागि एमाले ब्रम्हा, विष्णु, महेश नभएको समेत जिकिर गरे । उनले संविधान संशोधनको लागि वर्तमान सत्तारुढ दलले चाहेको भए धेरै अघि नै संशोधन पारित हुने थियो भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘एमालेपनि मत प्रक्रियामा सहभागी बनोस्, सदनको साँक्षी किनारा बनोस् भन्ने हाम्रो चाहना हो ।’

उनले हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन जबरजस्ती गरिएको भन्दै यस्तो निर्वाचनको कुनै अर्थ नहुने टिप्पणी गरे । उनले भने,‘यो निर्वाचन भनेको क्षणभरको खुशी मात्रै हो।’ सुमनले तेस्रो चरणको निर्वाचनलाई पनि कथित निर्वाचनको रुपमा लिएको बताए ।

उनले ठूला दलहरुले संविधान मस्यौदागर्दा र संविधान जारी गर्दापनि जबरजस्ती गरिएको बताउँदै भने, ‘मधेशपनि यो देशकै हो ।’ हालै भएका निर्वाचनलाई उनले शाही निर्वाचनको संज्ञा दिए ।