३ कार्तिक २०८३, मंगलबार

पूर्व मिस नेपाल सृष्टि अस्पताल भर्ना, सृष्टिबारे तथ्य किन लुकाइँदै छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं । मिस नेपाल २०१२को विजेता सृष्टि श्रेष्ठलाई उपचारका लागि काठमाडौंका एउटा महँगो अस्पतालमा भर्ना गरिएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनलाई भर्ना गरिएको हो । सृष्टिलाई के भएर अस्पताल भर्ना गरिएको हो पारिवारजनले केही बताएका छैनन् । अस्पतालले पनि बिरामी भएर उपचारका लागि आएको मात्रै भन्ने प्रतिक्रिया दिने गरेको छ ।

केही दिनदेखि उपचार गराइ रहेकी सृष्टिलाई संभवत मंगलबार डिस्चार्ज गर्ने तयारी भएको छ ।

उता, अभिनेत्रीसमेत रहेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठका बारेमा फिल्मी बजारमा अर्कै हल्ला मच्चिएको छ । सृष्टिले आत्महत्याको असफल प्रयास गरेको आरोप लगाएको छ । तर परिवारजनले यो हल्लाको ठाडै अस्वीकार गरिदिएको छ ।

स्रोतका अनुसार सृष्टिले आफ्नो बायाँ हातको नसा काटेर आत्महत्याको असफल प्रयास गरेको बताइन्छ । नर्भिक अस्पतालको बेड नम्बर ५०२ उपचाररत सृष्टि हाल खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

सृष्टिलाई भेट्न उनी निकटका केही कलाकार अस्पताल पुगेपछि सृष्टि बिरामी भएको र असफल आत्महत्याको प्रयास गरेको रहस्य बाहिर आएको हो ।

बेलाबेला अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ डेटिङमा जाने गरेको समाचार आइ रहेका थिए ।

त्यही बेला सृष्टि बिरामी भएर अस्पताल भर्ना भएको खबर लिक भएको छ । मूल घर चितवन भएकी सृष्टिले गाजलु फिल्मबाट डेब्यु गरेकी हुन् । उनी नेपाली फिल्ममा खासै चल्न सकिनन् ।