२१ कार्तिक २०८३, शनिबार

साँफेबगरमा एमालेको प्यानलै विजयी, मेयर कुलबहादुर र उपमेयरमा बिरमला निर्वाचित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, १९ असार । अछामको साँफेबगर नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र तथा मेगासिटी रहने साँफेबगर नगरपालिकामा नेकपा एमालेका प्रदेश नम्बर ७ प्रदेश संगठन कमिटि सदस्य समेत रहनु भएका कुलबहादुर कुँवर मेयर र एमाले जिल्ला सचिवालय सदस्य बिरमला बुढथापा उपमेयरमा विजयी हुनुभएको हो । मेयरमा एमाले उम्मेद्धार कुलबहादुर कुँवर ५८३८ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ध्वज बहादुर कँुवरले ५४१२ मत ल्याउनु भयो ।

उपमेयरमा पनि नेकपा एमाले नै विजयी भएको छ । उपमेयरमा एमालेका बिरमला बुढाथापा ५९८४ मत ल्याई बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रुपा आउजीले ५२६५ मत ल्याउनु भयो । माओवादी केन्द्रले भने साँफेबगरमा आफ्नो जमानत जोगाउन सकेन । माओबादी केन्द्रका मेयर खगेन्द्र ओडले ५४९ र उपमेयर बैजन्ती कुँवरले ५६३ मत ल्याउनु भयो ।

१४ वडा रहेको नगरपालिकामा ७ वडा एमाले र ७ वडा कांग्रेसले जितेका छन् । बडा नम्बर १, २, ३, ५, ७, ११ र १२ नेपाली कांग्रेसले अध्यक्ष सहित जितेको छ भने एमालेले वडा नम्बर ४, ६, ८, ९, १०, १३ र १४ मा अध्यक्ष सहित जीत हाँसिल गरेको छ ।

यससंगै अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको छ ।