दाङ, १९ असार । दाङको घोराही उपनगरपालिकामा नेकपा एमालेको विजयी सुनिश्चित भएको छ ।
नेपाली कांग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार भन्दा बढी मत अन्तरले पराजित गर्दै एमाले उम्मेदवार नरुलाल चौधरीले मेयर पदमा निर्वाचित हुने पक्का पक्की भएको हो । कांग्रेसको गढ मानिने घोराहीको उपमेयरमा पनि एमालेकै उम्मेदवार सीता न्यौपाने निर्वाचित हुने निश्चित भएको छ ।
यस्तो छ पछिल्लो मतपरिणाम, ४५ सय मत गन्न बाँकी, एमाले ४२३९ मतले अगाडि
घोराहीको १९ वडा मध्ये १७ वडाको मतगणना सकिएर अन्तिम दुई वटा वडाको मतगणना जारी रहँदा चौधरी निकटम प्रतिद्धन्द्धी भन्दा चार हजार २३९ मतले अगाडि रहेका छन् ।
हालसम्मको मतपरिणममा चौधरीले १९७८२ मत प्राप्त गरेका छन् भने उनको निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका भुपबहादुर डाँगीले १५५४३ मत प्राप्त गरेका छन् । घोराहीको अन्तिम २ वडाको मतगणना जारी छ । हालसम्म मतगणना भएका वडाहरुमा मध्ये १, २, ४, ७, ९, ११, १६, १८ र १९ गरी ९ वटा वडामा एमाले विजयी भएको छ । त्यस्तै ३, ५, ६, ८, १० र १५ गरी ६ वटा वडामा मा कांग्रेस विजयी भएको छ भने वडा नम्बर १७, १४ मा माओवादी विजयी भएको छ ।
घोराही उपमहानगरपालिकामा खसेको ५८ हजार ५३९ मतमध्ये ५१ हजार ७३४ मत गणना भइसकेको छ । अब चार हजार ५०० मतमात्र गन्न बाँकी रहेको छ । चौधरीले अहिले नै ४२३९ मतले अग्रता कायम गरिरहेका छन ।













प्रतिक्रिया