९ मंसिर २०८३, बुधबार

रमेश लेखक मतदाता रहेको नगरपालिकामा एमालेले गाड्यो विजयी झण्डा, चन्द बने मेयर

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री रमेश लेखकको मतदाता रहेको कञ्चनपुरको वेदकोट नगरपालिकामा एमाले विजयी भएको छ ।

एमालेका तर्फबाट अशोक चन्द मेयर निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव भोजराज बोहरालाई पराजित गरेका छन् । चन्द युवा संघ नेपालका सचिव पनि हुन् ।

त्यस्तै, उपमेयरमा एमालेकै सुशीला सिंह निर्वाचित भएकी छन् । यो नगरपालिकाका १० वडामध्ये एमालेले ८ वडामा प्यानलै जित हात पारेको छ ।