२१ कार्तिक २०८३, शनिबार

अछामको साँफेबगर नगरपालिकामा एमालेको अग्रता

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, १९ असार । अछामको प्रमुख व्यापारिक केन्द्र तथा मेगासिटी रहने साँफेबगर नगरपालिकामा नेकपा एमालेका उम्मेद्धारले अग्रता लिईरहेका छन् ।

१२ वटा वडाको मत गणना सकिँदा एमालेका प्रमुख पदका उम्मेद्धार कुलबहादुर कुँवर ४७५१ मतसहित अगाडी हुनुहुन्छ भने नेपाली कांग्रेसका ध्वजबहादुर कुँवरले ४५७७ मत सहित उहाँलाई पछ्याईरहनु छ । माओवादी केन्द्रका खगेन्द्र ओडले ४८० मत ल्याउँदा राप्रपाले ३२ मत ल्याएको छ ।

नगरपालिकाको उपप्रमुखमा पनि एमालेका बिरमला बुढथापा ४८८६ मतसहित अगाडी हुनुहुन्छ । उहाँलाई नेपाली कांग्रेसका रुपा आउजीले ४४२८ मत सहित पछ्याईरहनु भएको छ । माओवादी केन्द्रका बैजन्ती कुँवरले ४९९ मत ल्याउँदा राप्रपाले ३९ मत पाएको छ ।

नगरपालिकाका १४ वडा मध्ये १२ वडाको मतगणना भैसकेको छ । जसमध्ये ६ वडामा एमाले र ६ वडामा कांग्रेसले वडाअध्यक्षमा जीत हात पारेका छन् । वडा नम्बर १३ बाब्ला र १४ पातलकोटमा मतगणना जारी छ ।