९ मंसिर २०८३, बुधबार

मतगणना जारी रहेकै बेला बोल्यो निर्वाचन आयोग !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ असार । निर्वाचन आयोगले प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज सोमबार बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने ६ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको छ ।

हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् ।

यसैगरी, प्रदेश नम्बर ५ मा गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नम्बर ७ मा डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ ।