२१ कार्तिक २०८३, शनिबार

दङ्गीशरणमा एमाले अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पिमाकुमारी वली

घोराही, १९ असार । दाङको दङ्गीशरण गाउँपालिकामा एमालेले विजयीको झण्डा गाडेको छ । दङ्गीशरणमा ८६९७ मत खसेको थियो ।

अध्यक्षमा एमालेका उममेदवार ३१६१ मत पाएर विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञनारायण आचार्यले २८४१ मत पाएर पराजित भए ।

माओवादी केन्द्रका अध्यक्षका उममेदवारले २४८५ मत पाए । राप्रपाका धर्मराज वलीले १६६ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली २९६७ मतसहित विजयी भएकी छिन् । एमालेकी सीमा न्यौपानेले २९५१ मत पाएकी थिइन् ।

माओवादी केन्द्रकी सीताकुमारी बस्नेतले २३७८ मत पाइन् । फोरम लोकतान्त्रिकी सुनिता चौधरीले २४ र जनजागरण पार्टीकी कमला विकले ३ मत पाएकी छिन् ।