
कैलाली, १९ असार । कैलाली जिल्लाको जानकी गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वका नेपाल फोरम लोकतान्त्रिक पार्टी विजयी भएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्षका उम्मेदवार प्रदीप चौधरीले ५०५७ लिएर विजयी हासिल गरेका छन् । उपाध्यक्षमा फोरम लोकतान्त्रिककी उमा महतोले ५०९७ मतसहित विजयी हासिल गरेकी छिन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगा चौधरीले ४२२१ र सूर्य बटालाले ४०३० मत पाएका छन् ।











प्रतिक्रिया