९ मंसिर २०८३, बुधबार

राप्ती गाउँपालिकामा नुमानन्द ७२३ मतले अगाडि, ४ नं. वडामा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुमानन्द सुवेदी

भालुवाङ, १९ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नुमानन्द सुवेदी ७२३ मतका साथ अग्रता लिइरहेका छन् । यो गाउँपालिकामा पछिल्लो मतपरिणाम अनुसार ११६११ मत गणना भइसकेको छ ।

सुवेदीले ३६९९ मत पाएका छन् । सवेदीलाई माओवादी केनद्रका अध्यक्षका उम्मेदवार श्यामेस चौधरीले २९७६ मतसहित पछ्याइ रहेका छन् ।

तेस्रो स्थानमा रहेको एमालेका अध्यक्षका उम्मेदवार खिमबहादुर केसीले २५४६ मत पाएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्षका उम्मेदवार नरबहादुर खत्री केसीले १३६९ मत पाएका छन् । राप्रपाका अध्यक्षका उम्मेदवारले ५७८ मत पाएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका अध्यक्षका उम्मेदवार नन्दकुमार चौधरी थारुले ५३३ मत पाएका छन् । स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवार बनेका नीमबहादुर घर्तीमगर (कुताली)ले १० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी जगदम्बाकुमारी चौधरीले ३३७४, एमालेकी हिमाली न्यौपानले ३०५३, माओवादी केन्द्रकी भगवती अधिकारीले २९८४, राजमोकी चमेली चौधरीले १४०७, नयाँ शक्ति पार्टीकी भूमि गुरुङले ४१५ र राप्रपाकी कमला वैद्धिकले ४०५ मत पाएकी छिन् ।

यसैबीच, राप्ती गाउँपालिकाको वडा नं.४ मा नेपाली कांग्रेसका विष्णुबहादुर घर्ती क्षत्री ५२७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । घर्तीका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेशकुमार चौधरीले ४२४ मत पाएका छन् ।

राजमोका वडाध्यक्ष उम्मेदवार वीरबहादुर चौधरीले ४१७, एमालेका प्रेमबहादुर केसीले ४०५, राप्रपाका बाबुराम मल्लले १३७, नयाँ शक्ति पार्टीका कल्पना चौधरीले ६९ र स्वतन्त्रकी समिता चौधरीले ० मत पाएकी छिन् ।

४ नं. वडाका सदस्यमा कांग्रेसका विश्वपति चौधरी ५४२ र पोमलाल गिरी ४९३ मतसहित खुलामा निर्वाचित भएका छन् ।

महिला सदस्यमा कांग्रेसकी सुनिता मल्ला ५६७ मतसहित विजयी भएकी छिन् भने दलित महिला सदस्यमा कांग्रेसकी माया परियार ५२१ मतसहित निर्वाचित भइन् ।