२१ कार्तिक २०८३, शनिबार

सुनसरीमा एमालेको विजय जुलुसमा काँग्रेस कार्यकर्ताले आक्रमण गरेपछि बबाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी १८ असार । सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ का वडाध्यक्षका उमेद्वार डेगराज फुँयाल विजयी भएपछि निकालिएको जुलुसमा काँग्रेस कार्यक्रताले आक्रमण गरेको एमालेले जनाएको छ ।

आक्रमणमा परी युवासंघ नगर अध्यक्ष पुष्कर कार्की, एमाले नगर सदस्य कमल काफ्ले घाइते भएका छन् । आइतबार बेलुका मतपरिणाम घोषणा भएपछि रामधुनी ७ मा निकालिएको विजय जुलुसमा भाला, हेल्मेट र बाँस प्रयोग गरिएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय पकलीका इन्पेक्टर शान्तराम कार्कीले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।