२१ कार्तिक २०८३, शनिबार

बाजुराका ९ वटै तहको मतपरिणाम सार्वजनिकः काँग्रेस ६ र एमाले ३ मा विजयी 

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ असार । जिल्लामा रहेका नौ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेस ६ र एमाले ३ स्थानमा विजयी भएको छ । काँग्रेसले चार वटै नगरपालिका सहीत २ गाउँपालिकामा जित हात पारेको छ । भने एमालेले तीन वटा गाउँपालिका मात्र जितको छ ।

नौ वटै स्थानीय तह मध्ये बडिमालिका, बुढीगंगा, त्रिवेणी र बुढीनन्दा नगरपालिका, छेडेदह र हिमाली गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । भने स्वामिकात्र्तिक, गौमुल र पाण्डव गुफा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । ती मध्ये बुढीनन्दा नगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयर एमाले विजयी भएको छ ।

बडिमालिका नगरपालिकामा नेपाली काँग्रेसको प्रमुख र उप प्रमुखमा विजयी भएको छ । काँग्रेसका पदम बडुवाल २९४० मत प्राप्त गरी विजयी भएका छन् । भने नेकपा एमालेका गगन रावलले २९०२ मत ल्याएर पराजय भएका छन् । ३८ पराजय हुने एमालेका रावल जिल्ला कमिटि उप सचिव समेत रहेका छन् ।

यसैगरी नेपाली काँग्रेसमा कविता बुढा(विष्ट)ले २९४५ मत ल्याएर उप प्रमुखमा विजयी भएकी छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका गिता कुमारी रावलले २८५२ मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रमा मान बहादुर वि.क.ले १७४ र दर्पणा थापाले १८६ मत पाएका हुन् ।

बुढीगंगा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिपक विक्रम शाहले ३८४५ मत ल्याएर विजयीका छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका राम बहादुर बानियाँले ३५६० मत प्राप्त गरे । बाँनीया २८० मतले पराजित भएका हुन् । उप मेयरमा नेपाली काँग्रेसकी तारा खाती (थापा) ले ३७६० मत प्राप्त गरी विजयी भएकी छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका माया खड्का (कुवँर) ले ३५२८ मत प्राप्त गरी पराजित भईन ।

छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसका नर बहादुर रावत ३७०५ ल्याएर विजयी भएका छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका लाल बहादुर ओलीले ३१०० मत ल्याएर पराजय भएका छन् । रावत ओली भन्दा ६०५ मत बढीले विजयी भएका हुन् ।  उपाध्यक्षमा नेपाली काँग्रेसका कुन्ती बुँढा साउदले ३६७१ मत ल्याएर विजयी भएकी छन् । प्रतिद्धन्द्धी नेकपा एमालेकी पवित्रा शाहीले ३१२५ मत ल्याएर पराजित बनिन् । गौमुल गाउँपालिकामा नेकपा एमालेका हरी रोकायाले २२४० मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाली काँग्रेसका देव बहादुर रोकायाले १५४१ मत ल्याए । उनले ६९९ मतले पराजय भोग्नु पर्यो । उपाध्यक्षमा नेकपा एमालेका सिता थापाले २२०१ मतले विजयी बनिन् । प्रतिद्धन्द्धी काँग्रेसका उपाध्यक्ष उमा रोकायाले १५५५ मत ल्याएर पराजित बनिनन् । गौमुल गाउपालिकामा ६ वडा मध्ये ५ वडामा नेकपा एमालले जितेको हो ।

हिमाली गाउपालिकामा नेपाली काँग्रेसका गोविन्द्र बहादुर मल्ल अध्यक्षमा निर्वाचित भएका छन् । मल्लले १७७६ मत ल्याएर विजयी हुनु भएको हो । प्रतिद्धन्द्धी नेकपा एमालेका अज बहादुर मल्लले १४७६ मत ल्याएर पराजित भएका हुन् ।  यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसका चन्द्रकला बुढा विजयी भएकी छन् । उनले १६७३ मत ल्याएर विजयी भएकी छन् । प्रतिद्धन्द्धी नेकपा एमालेकी राजकला सार्कीले १५६३ मत ल्याएर ११० मतले पराजित भईन् ।

स्वामीकार्तिक गाउँँपालिकामा नेकपा एमाले विजयी टिम विजयी भएको छ । स्वामीकार्तिक गाउँपालिकामा नेकपा एमालेका चिरञ्जीवी शाहीले २४५९ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्द्धी काँग्रेसका भरत बहादुर रोकायाले १७५९ मत ल्याएर पराजित भएका हुन् ।   यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका मिमा बुढा विजयी भएका छन् । उनले २३६० मत प्राप्त गरेर विजयी भएका हुन् । प्रतिद्धन्द्धी काँग्रेसका मैना जोशीले १६९९ मत ल्याएर पराजित भईन् ।

त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिंह रावलले ३३६५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्द्धी नेकपा एमालेका जंग बहादुर बुढाले २१९४ मत ल्याएर पराजित भए । बुढा रावलसँग ११७१ मतले पराजित भएका हुुन् ।उप मेयरमा काँग्रेसबाटै दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी भएकी छन् । भने सुनारका प्रतिद्धन्द्धी नेकपा एमालेका पार्वती थापाले २०७० मतका साथ पराजित भईन् । त्रिवेणी नगरपालिकाका ९ वटा वडा मध्ये ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

बुढीनन्दा नगरपालिकामा नेपाली काँग्रेसका पदम कुमार गिरीले ३३३६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्धन्द्धी एमालेका जनक कुमार बोहरालाई १४९ मत अन्तरले पराजित भए । उनले ३१८७ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा एमालेकी श्रृष्टी रेग्मीले विजयी प्राप्त गरेकी छन् । उनले ३३०८ मत प्राप्त गरिन् । प्रतिद्धन्द्धी रिता सिंहले ३१८० मत ल्याएर पराजित भएकी छन् । उनी १२८ मतले पराजित भईन् ।

पाण्डवगुफा गाउँपालिकामा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष काली बहादुर शाही विजयी भएका छन् । शाहीले १४५१ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सुन्दर विष्टले ९८९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी भएकी छन् । गिरीले १४९० मत प्राप्त गरिन् । काँग्रेसकी उपाध्यक्षकी उम्मेदवार तारा रोकायाले ९८७ मत प्राप्त गरिन् ।

६९ वटा वडा मध्ये ३४ काँग्रेस ३२ एमाले र ३ मा माओवादी विजयी 

जिल्लामा रहेका ६९ वटा वडाहरुमा पनि काँग्रेसले नै बढी स्थान जितेको छ । नेपाली काँग्रेसले ३४ वटा वडामा जित हात पारेको छ । भने एमालेले ३२ वटा वडामा जितेको छ । यसैगरी माओवादी केन्द्रले तीन वडा वडा जितेर चित्त बुझाएको छ ।

जसमा हिमाली गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ स्वामिकार्तिक गाउँपालिका २ र ४ पाण्डवगुफा ४ बुढीनन्दा १, २, ३, ५, ७ र ८ बडिमालिका नगरपालिका १, ५, ६ र ८ गौमुल गाउँपालिका २ छेडेदह गाउँपालिका २, ४, ५ र ६ बुढीगंगा नगरपालिका १, ४, ७ र ८ त्रिवेणी नगरपालिका १, २, ३, ४, ५, ७, ८ र ९ गरी ३४ वटा वडामा काँग्रेस विजयी भएको छ ।

यसैगरी हिमाली गाउँपालिका २ र ३ स्वामिकार्तिक गाउँपालिका १, ३ र ५ पाण्डवगुफा गाउँपालिका १, २, ३ र ५ बुढीनन्दा नगरपालिका ४, ६, ९ र १० बडिमालिका नगरपालिका २, ३, ४, ७ र ९ गौमुल गाउँपालिका १, ३, ४, ५ र ६ छेडेदह गाउँपालिका १ ३ र ७ बुढीगंगा नगरपालिका २, ३, ५, ६, ९ र १० गरी ३२ वटा वडामा एमाले विजयी भएको छ ।

यता नेकपा माओवादी केन्द्रले हिमाली गाउँपालिका वडा नम्बर १ त्रिवेणी नगरपालिका ६ र पाण्डव गुफा गाउँपालिका ५ गरी ३ वटामा माओवादी विजयी भएको छ । माओवादीले ३ वटा वडामा मात्र चित्व बुझाएको छ ।

नेपाली काँग्रेसका पूर्व सांसद देवराज जोशी, पूर्व सभासद महा नेपाली लगायतले आफ्नो वडामा पराजय भोग्नु भएको छ । भने एमाले सचिव बल्देव रेग्मीले पनि वडा जोगाउन सकेनन् ।