उर्लाबारी (मोरङ), १८ असार । मोरङको मिक्लाजुङ गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । दोस्रो चरणमा स्थानीय निर्वाचन भएका मोरङमा रहेका १७ वटा स्थानीय तह मध्ये मिक्लाजुङ गाउँपालिकाको मतगणना आज साँझ सकिएको हो ।
अन्तिम मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका देवीप्रसाद आचार्य पाँच हजार दुई सय २९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँ एक हजार छ सय २४ मतको अन्तरले विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मानबहादुर राईले तीन हजार छ सय पाँच मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा पनि एमालेकी सरला राई पाँच हजार ८३ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । काँग्रेसकी उम्मेदवार आरती बराल (पोखरेल) लाई एक हजार चार सय ५८ मतले पछि पार्दै राई उपाध्यक्षमा विजयी हुनु भएको हो ।
बरालले तीन हजार छ सय २५ मत पाउनुभयो । यो गाउँपालिकाको छ वटामा एमाले, दुईवटामा काँग्रेस र एउटामा राप्रपाका उम्मेदवार वडाअध्यक्षमा विजयी बन्नु भएको छ ।











प्रतिक्रिया