२१ कार्तिक २०८३, शनिबार

चुनाव हारेपछि गुल्मीमा कांग्रेस सभापति श्रेष्ठले राजीनामा दिए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १८ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि गुल्मीमा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका श्रेष्ठ एमालेका डिल्लीराज भुसालसँग १४७ मतले श्रेष्ठ पराजित भएका हुन् । भुसालले ६ हजार ३ सय ८८ मत प्राप्त गरे भने श्रेष्ठले ६ हजार २ सय ४१ मत प्राप्त गरे ।

कांग्रेसको किल्ला मानिएको रेसुंगामा पराजित भएपछि श्रेष्ठले नैतिकताका आधारमा राजीनामा दिएको कांग्रेसले जनाएको छ । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै कांग्रेसकै कारण कांग्रेस हारेको उल्लेख गर्दै पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

आफ्ना मतदाताहरुलाई धन्यवाद दिँदै उनले आफूलाई आफ्नाहरुले नै हराएको र अन्तर्घात भएको आरोप लगाएका छन् ।