
ओखलढुंगा, १८ असार । ओखलढुङ्गा जिल्लामा दोस्रो चरणको निर्वाचनको मतगणना जारी रहँदै गर्दा आइतबार आएको भूकम्पले भागाभाग भएको छ ।
ओखलढुंगाका ४ वटा स्थानीय तहको नतिजा अझै आउन बाँकी छ । चुनावी नतिजाको प्रतिक्षामा रहेका बेला अचानक भूकम्प आएपछि स्थानीय बासिन्दा घरबाहिर निस्केका थिए । मतगणनास्थलमा पनि भागाभाग भएको थियो ।
आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टर स्केलको परकम्प गएको हो ।
भूकम्प मापन केन्द्र, काठमाडौँका अनुसार, भूकम्पको केन्द्रबिन्दू ओखलढुङ्गाको बरुँरेश्वर आसपास क्षेत्रमा रहेको छ ।












प्रतिक्रिया