९ मंसिर २०८३, बुधबार

अछाममा एमालेले एक मतले चौरपाटी गाउँपालिका जित्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १८ असार । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले एक मतले जित हासिल गरेका छन् ।

एमालेका हर्कबहादुर साउद एक मतको अन्तरले मात्रै जितेका हुन् । उनले ३ हजार १ सय ३८ मत प्राप्त गरे भने काँग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत पाए ।

उपाध्यक्षमा भने कांग्रेस उम्मेदवार माया कुँवर ७२ मत अन्तरले विजय भएकी छिन्। उनले ३ हजार १ सय ७३ मत पाइन् भने एमालेकी उम्मेदवार सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याइन् ।