२१ कार्तिक २०८३, शनिबार

१७२ स्थानीय तहको मतपरिणाम आयो, १५५ मा गणना जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट आज बिहान ९ बजेसम्म प्राप्त जानकारीअनुसार १७२ स्थानीय तहकोे अन्तिम मतपरिणाम घोषणा भएको छ । हाल १५५ स्थानीय तहको मतगणना जारी रहेको र केही स्थानीय तहको मतगणना स्थगन भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । रासस