३ कार्तिक २०८३, मंगलबार

‘प्रेम गीत २’ चर्चा बढी भएपनि यूट्युबमा रुचाइएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । निर्माण हुने बेलै विवादका बीच जन्मिएको ‘प्रेम गीत २’ले यूट्युबमा धेरै डिसलाइक पाएर अर्को विवादमा फसेको छ ।

हाइलाइट्स नेपालले आफ्नो यूट्युब च्यानलमा राखेको ‘प्रेम गीत २’को ट्रेलरमा अत्याधिक ‘डिस लाइक’ आएको हो । अर्थात युट्युबमा धेरै हेरिए पनि मन नपराउनेको संख्या धेरै देखिएको छ ।

यूट्युबमा ‘प्रेम गीत २’को ट्रेलरलाई छ लाख बढीले भिजिट गरेका छन् । तर, डिसलाईक १८ हजार बढीले गरेका छन् । लाईक गर्नेको संख्या १७ हजार रहेको छ ।

डिसलाइकका विषयमा सोधिएको प्रश्नमा निर्माता सन्तोष सेनले भने, ‘डिसलाइक किनेर हालेको थाहा भएको छ । डिसलाइक किन्न पनि पाइँदो रहेछ । हाम्रा विरोधीहरूको काम हो ।’

‘प्रेम गीत २’का दृश्यहरू स्वदेश तथा विदेशमा छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

आशुसेन फिल्मसको ब्यानरमा तयार भएको ‘प्रेमगीत २’लाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको यो फिल्म ०७२ मा प्रदर्शन भएको ‘प्रेमगीत’को सिक्वेल हो ।

‘प्रेमगीत २’मा प्रदीप खड्का, अश्लेशा ठकुरी, सन्तोष सेन, राजाराम पौडेल, भुवन चन्द, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।