९ मंसिर २०८३, बुधबार

मंगलसेन नगरपालिकामा एमालेले कांग्रेस–माओवादी गठबन्धनलाई चक्मा दियो

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अछाम, १८ असार । अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका एमालेले विजयी हासिल गरेको छ । एमालेका उम्मेदवारहरू मेयर र उपमेयरमा विजयी भएका छन् ।

मेयर पदमा एमालेका पदमबहादुर बोहरा ४६९१ मत र उपमेयर पदमा सरिता उपाध्याय ४९११ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिद्वन्दी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका कांग्रेसका मेयरका उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४५५३ मत पाए । माओवादी केन्दकी उम्मेदवार रोहिना भाट (भण्डारी)ले ३०७६ मत पाएकी थिइन् ।

एमालेले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई भत्काएर जित हासिल गरेको हो ।