११ मंसिर २०८३, शुक्रबार

राप्ती गाउँपालिकामा कांग्रेसको अग्रता कायमै (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भालुबाङ, १८ असार । दाङको राप्ती गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । राप्ती गाउँपालिकामा ७६६१ मत गणना भएको छ ।

पछिल्लो पटक प्राप्त नजिताअनुसार प्रमुखमा कांग्रेसका नुमानन्द सुवेदीले २६५१, माओवादी केन्द्रका प्रमुखका उम्मेदवार श्यामेश चौधरीले १८९९ र एमालेका प्रमुखका उम्मेदवार खिमबहादुर केसीले १७०२ मत पाएका छन् ।

राष्ट्रिय जनमोर्चाका प्रमुखका उम्मेदवार नरबहादुर खत्री केसीले ६९५, राप्रपाका प्रमुखका उम्मेदवार रामप्रसाद चौधरीले ३९२, नयाँ शक्ति पार्टी नेपालका प्रमुखका उम्मेदवारले ३१२, र स्वतन्त्रका प्रमुखका उम्मेदवारले १० मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसकी जगदम्बाकुमारी चौधरीले २४०५, एमालेकी हिमाली न्यौपानेले २१०१, माओवादी केन्द्रकी भगवती अधिकारीले १९४४, राजमोकी चमेली चौधरीले ६९५, नयाँ शक्ति पार्टी नेपालकी भूमि गुरुङले २९६ र राप्रपाकी कमला वैद्धिकले २५८ मत पाएकी छिन् ।