
परासी, १८ असार । नवलपरासी जिल्लाको सरावल गाउँपालिकाको अध्यक्षमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीका उम्मेदवार राधेश्याम चौधरी प्रमुखमा विजयी भएका छन् ।
चौधरीले ५ हजार ४५ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप अग्रहरीको पक्षम ३ हजार ९ सय १६ मत पाए ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उत्तमा राय ४ हजार ४ सय ५८ मतका साथ निर्वाचित भएकी छन् ।
उनकी प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक फोरमकी सुनिता हरिजनले ४ हजार ३ सय ४३ मत पाइन् ।











प्रतिक्रिया