२१ कार्तिक २०८३, शनिबार

घोराही १७ नं. वडामा माओवादीको प्यानल विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकाको वडा नं. १७ मा माओवादी केन्द्रले बाजी मारेको छ ।

माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका खुसीराम चौधरी १३३४ मतसहित विजयी भएका छन् । १७ नं. वडामा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी एमालेका विवेक श्रेष्ठले १३१३ मत प्राप्त गरेर वडाध्यक्षमा पराजय भोगेका छन् ।

माओवादी केन्द्रबाट सो वडामा विजयी हुनेमा महिला सदस्यमा रेमन्ता पुन, दलित महिला सदस्यमा एबी सुनार, सदस्यहरूमा बाबुराम चौधरी र तुलप्रसाद घिमिरे रहेका छन् ।