९ मंसिर २०८३, बुधबार

यस्तो छ ओलीको गृहनगरको पछिल्लो अपडेट

7.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १७ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा अहिलेसम्म एमालेको प्यानलै अग्रस्थानमा छ । वडा नम्बर २ को मत गणना हुँदासम्म एमालेको प्यानलै अग्रस्थानमा रहेको छ ।

एमालेको मेयर उम्मेद्वार रोमनाथ ओलीले ७८३, उपमेयरकी उम्मेद्वार गीता अधिकारीले ८२२ मत पाएकी छिन् ।

एमालेलाई पछ्याउँदै मेयरमा राप्रपाका राम थापाले ७२३ मत पाएका छन् । उपमेयरमा कांग्रेसकी उम्मेद्वार रेगिना भट्टराई (प्रसाई)को ६०८ मत आएको छ ।

यसैगरी, वडा नम्बर २ को वडा अध्यक्षका एमालेका उम्मेद्वार प्रजापति सापकोटा ६६० मतका साथ अगाडि छन् । राप्रपाका उम्मेदवार बिजयप्रसाद बरालको ५५९ मत छ ।

माओवादी केन्द्रका मेयर उम्मेद्वार रेवतराज पुरी गगन र नेपाली कांग्रेसका मेयर उम्मेद्वार ढुण्डिराज भण्डारीले क्रमशः ४३५ र ३८५ मत ल्याएका छन् ।

यसअघि वडा नम्बर १ मा एमाले र राप्रपाको बराबरी भएपछि पुनः मतगणना हुँदैछ ।