
धरान, १७ असार । धरान उपमहानरगापलिकामा पहिलोपटक एमालेले जित हासिल गरेको छ । धरानको वडा नम्बर ४ मा एमालेले प्यानलैसहित जितेको हो । मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।
साँझ ६ बजे घोषित मतपरिणाम अनुसार, धरान वडा नम्बर ४ मा एमालेका मानबहादुर राई प्यानलैसहित विजयी भएका हुन् । राईले वडा अध्यक्षमा ६१४ मत ल्याए भने काँग्रेसका उम्मेदवार काँग्रेसका चन्द्रबहादुर राईले १९१ मत पाए ।
धरानको मेयर र उपमेयरमा पनि एमालेले पहिलोपटक अग्रता लिएको छ । मेयरमा एमालेले २६ सय १८ मत पाएको छ भने काँग्रेसले २५ सय २१ मत ल्याएको छ । यसैगरी, उपमेयरमा एमालेले २६ सय १२ मत ल्याएको छ । काँग्रेसले उपमेयरमा २४ सय ८७ मत ल्याएको छ ।
यसैगरी, माओवादी केन्द्रले मेयरमा १६ सय ७३ मत ल्याएको छ । संघीय समाजवादी फोरमको नेपालले उपमेयरमा ४३० मत पाएको छ ।
धरानको वडा नम्बर ३ मा नेकपा एमालेले अग्रता लिइरहेको छ । यसअघि वडा नम्बर १ र २ काँग्रेसले जितेको थियो ।











प्रतिक्रिया