
गाईघाट, १७ असार । उदयपुरका सबै गाउँपालिकाका नतिजा सार्वजानिक भएकाछन् । सार्वजानिक भएका मध्ये नेकपा एमालेले ३ वटा र नेकपा माओबादी केन्द्रले १ गाउँपालिका जितेको छ । बाँकी ४ वटा नगरपालिकाको नतिजा आउन बाँकी छ ।
एमालेले रौतामाई गाउँपालिका, उदयपुरगढी र ताप्लिपोखरी र माओबादी केन्द्रले सुनकोसी गाउँपालिका जितेको हो । रौतामा एमाले उमेदवार गजेन्द्रबहादुर खड्काले ११८ मतको अन्तरले जित हात पार्नु भएको हो ।
खड्काले २७४२ मत र प्रतिसपर्धि बिरेन्द्र मगरले २६२४ मत प्राप्त गर्नु भएको थियो । त्यसैगरी उपप्रमुखमा एमालेकी कुमारी राना ज्यु ठकुरीले प्रतिसपर्धिलाई ५११ मतको भारी अन्तरले विजयी हुनु भएको छ । उहाँले २७७९ मत प्राप्त गर्नु भएको छ भने प्रतिसपर्धि माओबादी केन्द्रकी हस्तशोभा राईले २२६८ मत प्राप्त गर्नु भएको छ ।
रौतामाईमा एमालेले ४ वडा, माओबादी केन्द्रले २ र काँग्रेसले १ वडा जितेको छ । एमालेकोतर्फबाट वडानं १ मा रुद्र कार्की, २ मा खगेन्द्र रास्कोटी, ३ मा दुर्गाराज खड्का, ४ मा चन्द्र राना विजयी हुनु भएको छ । त्यस्तै माओबादीको तर्फबाट वडानं ६ मा केशव रानामगर र ७ उत्तरकुमार मगर काँग्रेसबाट वडानं ८ मा टेकबहादुर मगर विजयी हुनु भएको छ ।
त्यसैगरी उदयपुरगढी गाउँपालिकामा एमालेका मोहन केप्छाकी मगर १४४४ मतको भारी अन्तरले जित हात पार्नु भएको छ । मगरले ४४२५ र प्रतिसपर्धि जितबहादुर खड्काले २९८१ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा एमालेकै सानु राउत ९८८ मतको फरकले जित्नु भएको छ । राउतले ४०४३ र प्रतिसपर्धि विमा राईले ३०५५ मत प्राप्त गर्नु भएको छ ।
ताप्लिपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी हुनु भएको छ । प्रतिसपर्धि स्वतन्त्र उमेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी हुनु भएको हो । थापाले १२९१ र प्रतिसपर्धि स्वतन्त्र उमेदवार पदमबहादुर तामाङले १२६८ मत प्राप्त गर्नु भएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामाया राई भारी मतले विजयी हुनु भएको छ । राईले १८२१ र काँग्रेसकी धना मगरले १५६३ मत प्राप्त गर्नु भएको छ ।
४ हजार २ सय ८ पुरुष ४ हजार ९० महिला गरी कुल ८ हजार २ सय ९८ मतदाता रहेको ताप्लिमा ५ हजार २ सय ५० मत खसेको थियो । ५ वटा वडा रहेको ताप्लिमा एमालेले वडानं १,२ र ३ मा वडाध्यक्षसहित प्यानलैसहित विजयी भएको हो । त्यसैगरी ४ र ५ मा माओबादीको वडाअध्यक्ष र बाँकी काँग्रेससँग मिश्रित परिणाम आएको हो ।
त्यसैगरी सुनकोसी गाउँपालिकामा माओबादी केन्द्रका मेजरकुमार राई विजयी हुनु भएको छ । उहाँले १३४७ र प्रतिसपर्धि नेकपा एमालेका भलराज राईले १२८१ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकी रमिला राईले जित्नु भएको छ । राईले १५२७ र विपक्षी एमालेकी लक्ष्मी कार्कीले १२३९ मत प्राप्त गर्नु भएको छ ।












प्रतिक्रिया