
काठमाडौं । नेपाली फिल्म ‘सायद २’ को ट्रेलरले सामाजिक सञ्जालहरूमा धुम मच्चाउन थालेको छ ।
म्युजिक कम्पनी हाइलाइट् नेपालले आफ्नो यूट्युब च्यानमा राखेको ‘सायद २’को ट्रेलरले दर्शकहरूको मन जित्न भ्याएको हो । यूट्युबमा ‘सायद २’ले लाइक पनि उल्लेख्य पाएको छ ।
‘सायद २’को ट्रेलर शनिबार पाँच बजेसम्म ५ लाख ९६ हजार धेरैले हेरिसकेका छन् । ‘सायद २’ को ट्रेलर २०१७ अप्रिल १३ तारिखमा यूट्युबमा अपलोड भएको थियो । ‘सायद २’ असार ३० गते अल नेपाल रिलिज हुँदैछ ।
फिल्म मेकर सुनिल रावलले भने, ‘असार ३० गते अल नेपाल रिलिज गर्दै छौँ । फिल्मको ट्रेलरबाट अहिलेसम्म राम्रो रेस्पोन्स पाएका छौँ ।’ निर्माण पक्ष फिल्म रिलिजका लागि आवश्यक पर्ने सबै तयारीमा जुटेको रावलले बताए ।
फिल्म मेकर सुनिल रावलले निर्माण गरेको यो फिल्म ‘सायद’को सिक्वेलका रुपमा हेरिएको छ ।
युवापुस्ताको कथालाई प्रेम कथामा ढालेर बनाइएको यो फिल्मका निर्देशक सुशील श्रेष्ठ हुन् । ‘सायद २’ को कथा पुष्पराज न्यौपानेले लेखेका छन् ।
फिल्ममा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, बुद्दिलाल मगरलगायतको भूमिका देख्न सकिनेछ ।
फिल्म मेकर सुनिल रावलले इश्वर श्रेष्ठ र सुभाष लामिछानेसँग मिलेर निर्माण गरेका हुन् ।
चलचित्रमा राजु विक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन रहेको छ ।
यसैबीच, अष्ट्रेलियाको सिड्नीमा ‘सायद २’को विशेष प्रदर्शनी भएको छ । फिल्म हेर्नका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूका उल्लेख्य उपस्थिति रहेको थियो ।
फिल्म हेरिसकेपछि दर्शकहरूले ‘सायद २’ को निर्माण पक्ष, कथा, प्रस्तुतिका विषयमा सकारात्मक प्रतिक्रिया दिएको फिल्म मेकर सुनिल रावलले बताए ।

















प्रतिक्रिया