गुल्मी, १७ असार । गुल्मीको मुसिकोट नगरपालिकामा एमालेका सोमनाथ सापकोटा ६ हजार ६६८ मतसहित मेयर पदमा र कमला शर्मा गौतम ६ हजार ६०७ मतसहित उपमेयरमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी मेयरमा काग्रेसका कृष्णहरि सापकोटाले ५हजार ५सय ८७ र उपमेयरमा बिष्णु कुमारी सापकोटाले ५हजार ७सय १६ मत प्राप्त ल्याएर पराजित भएका छन् ।
नगरमा ८ वडामा एमाले र १ वडामा कांग्रेसका उम्मेदवारको प्यानल बिजयी भएको छ । मेयर पदमा निर्वाचित सापकोटा एमाले गुल्मीका सचिव हुन् ।












प्रतिक्रिया