
नवलपरासी, १७ असार । नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
काँग्रेसका मेयरका उम्मेदवार भरतबहादुर थापा मेयरमा विजयी भएका हुन् । उनले एमालेकी बिमला अर्याल भन्दा ५ सय २५ मत बढी ल्याए । थापाले ९ हजार ७ सय ७ र अर्यालले ९ हजार १ सय ८२ मत ल्याइन् ।
उपमेयरमा एमालेका दधिराम अर्याल ९ हजार ९ सय १० ल्याएर विजयी भए । कांग्रेसकी तारादेवी भण्डारीले ९ हजार
२१० मतका साथ दोस्रो स्थानमै रहिन् ।
मेयर थापा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् । १३ वटा वडा रहेको नगरपालिकामा एमालेले बहुमत वडा जितेको छ । एमालेले ९, काँग्रेसले ३ र माओवादीले १ वटा वडा जितेका छन् ।











प्रतिक्रिया