९ मंसिर २०८३, बुधबार

धनगढी उपमहानगर : एमालेको सुखद ‘कम ब्याक’, काँग्रेस र एमालेबीच टक्कर

15.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ असार । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिकाको रुपमा धनगढीमा नेकपा एमाले मतान्तर हवात्तै घटाएको छ । अहिले काँग्रेस र एमालेबीच मेयर र उपमेयरमा प्रतिस्पर्धा भइरहेको छ ।

मेयरमा काँग्रेसका उम्मेदवार ३५ सय ९ मतका साथ अग्रस्थानमा छन् । एमालेका उम्मेदवारले मेयरमा ३३ सय ५६ मत ल्याएका छन् । सुरुवाती गणनामा चौंथो नम्बरमा रहेको एमाले दोस्रोमा उक्लिएको हो । यसअघि काँग्रेस र स्वतन्त्र उम्मेदवारबीच मेयरमा प्रतिस्पर्धा हुँदै आएको थियो ।

तेस्रो स्थानमा रहेको माओवादीले मेयरमा २८५६ मत ल्याएका छन् ।