९ मंसिर २०८३, बुधबार

सत्ता गठबन्धनलाई हराउँदै धनकुटामा एमालेको विजयी सुरुवात, चौबिसे गाउँपालिकामा प्यानलै आयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १७ असार । धनकुटामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

शनिबार प्राप्त मतपरिणामअनुसार धनकुटाको चौविसे गाउँपालिकामा एमालेले बहुमत जित हासिल गरेको हो । एमालेका खजिन्द्र राईले ३ हजार ७८२ मत प्राप्त गरि अध्यक्ष विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाल कांग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकी यज्ञकुमारी रुचालले ३ हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजबादी फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरिन् । यो गाउँपालिकामा कांग्रेस र संघीय समाजवादीको तालमेल थियो ।

यो गाउँपालिकामा वडा नं., १, ३, ५ र ८ नं. वडामा एमालेकै वडाध्यक्षका प्यानल विजयी भएका छन् । त्यस्तै वडा नं. ४ र ७ मा नेपाली कांग्रेसका वडाध्यक्षका प्यानल विजयी भएका छन् । माओबादी केन्द्रले वडा नं. २ मा र संघिय समाजवादी फोरमले वडा नं. ६ मा वडाध्यक्ष र सदस्यहरु जितेका छन् ।