९ मंसिर २०८३, बुधबार

आफ्नै गढमा तीन मतले हार्‍यो एमाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढु्ंगा, १७ असार । एमालेको गढ मानिएको ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । उनले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।

शर्माले १९०६ र एमालेका भीमबहादुर थापाले १९०३ मत ल्याएका थिए । उपप्रमुखमा भने एमालेकी सुष्मा राई विजयी भएकी छिन् । राईले २०७३ मत ल्याएकी छन् । कांग्रेसकी खिला आलेले १९७९ मत ल्याइन् । गाउँपालिकाका वडा नं. १, २, र ५ मा माओवादी केन्द्रले जित हात पारेको छ, भने वडा नं. ३ र ४ मा नेपाली कांग्रेस तथा ६, ७ र ८ मा एमालेले जित हात पारेको छ ।