९ मंसिर २०८३, बुधबार

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा कांग्रेस विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १७ असार । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

आज बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा कांग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा कांग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीले दुई हजार नौ सय ९७ मत ल्याउनुभएको छ ।

यस्तै सुर्नया गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर विष्ट दुई हजार चार सय ५३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले दुई हजार दुई सय ७६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा एमालेकी लीला विष्ट दुई हजार तीन सय चार मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भागीरथी बोहराले दुई हजार एक सय ८७ मत ल्याउनुभयो । रासस