
नेपालगञ्ज, १७ असार । नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ ।
राप्रपाका मेयरका उम्मेदवारले ३१४२ मतसहित अग्रता लिइरहेका छन् । राप्रपाका उपमेयरले २१५२ मत पाएका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसका मेयरका उम्मेदवारले १९०२ र उपमेयरले २३८२ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले १५४२ र उपमेयरमा १७५८ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले १६७० र उपमेयरमा १५०६ मत सहित पछ्याइ रहेका छन् ।
संघीय फोरमले मेयरमा ७६१ र उपमेयरमा २९२ मत पाएको छ ।











प्रतिक्रिया