
काठमाडौं, १७ असार । बुटवल उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।
उता, इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसका मेयरका उम्मेदवारले २५३४ र उपमेयरले २५२२ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले २३०७ र उपमेयरमा २२७८ मत पाएका छन् ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले १०५४ मत पाएका छन् भने उपमेयरमा ८९२ मत आएको छ ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले १०५४ मत पाएका छन् भने उपमेयरमा ८९२ मत आएको छ ।
एमालेले मेयरमा ७३९ र उपमेयरमा फोरम लोकतान्त्रिकले ४०० मत पाएको छ ।समाजवादी फोरमले मेयरमा ४३ र उपमेयरमा माओवादी केन्द्रले ३५३ मत पाएका छन् ।
धरान उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवारले १६८२ र उपमेयरमा १६६८ मत पाएका छन् ।
कांग्रेसका मेयरका उम्मेदवारले १४८७ र उपमेयरमा १५४७ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवारले ९०० र उपमेयरमा २७३ मत पाएका छन् ।
धनकुटा नगरपालिकामा एमालेका मेयरका उम्मेदवारले ३८६९ र उपमेयरले ४३९० मत पाएका छन् । कांग्रेसका मेयरका उम्मेदवारले ३७२० र उपमेयरमा २८९३ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले १४७६ र उपमेयरमा १३०८ मत पाएका छन् ।











प्रतिक्रिया