९ मंसिर २०८३, बुधबार

बुटवल उपमहानगर: मेयरमा एमाले र काँग्रेसबीच टक्कर, उपमेयरमा एमालेलाई भारी मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वुटवल, १७ असार । वुटवल उपमहानगरपालिकाको जारी मतगणनामा मेयर पदमा अहिले एमाले र काँग्रेसबीच कडा टक्कर देखिएको छ ।

मेयरमा नेकपा एमालेले ५५ सय ९७ मत पाएको छ भने काँग्रेसले ५४ सय २४ मत ल्याएको छ । यसैगरी, उपमेयरमा एमालेले ६१ सय २० मत ल्याएको छ । माओवादीले उपमेयरमा ३९ सय २३ मत ल्याएको छ । बुटवल एमाले एक्लै भिडिरहेको छ भने काँग्रेस र माओवादीको गठबन्धन छ ।

अहिले वडा नम्बर ६ को मतगणना भइरहेको छ । वडा नम्बर ६ मा १ हजार मत गणना भइसकेको छ । वडा अध्यक्षमा एमालेले ५ सय ५० मतका साथ अग्रता लिइरहेको छ भने काँग्रेसले कांग्रेस ३ सय ५४ मतका साथ पछ्याइरहेको छ ।