
– नरेश केसी
भैरहवा, १७ असार । औद्योगिक नगरी भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । जारी मतगणनामा एमालेका मेयरका उम्मेदवारले १७ सय ३० र उपमेयरले १६ सय ६७ मत पाएका छन् ।
यसैगरी, काँग्रेसका मेयरका उम्मेदवारले १६ सय ५३, उपमेयरले १३ सय ८६ मत पाएका छन् । तेस्रो स्थानमा रहेको राप्रपाले मेयरमा १५ सय ४० र उपमेयरमा १३ सय २७ मत पाएको छ ।
चौंथो स्थानमा रहेको माओवादीले मेयरमा १४ सय १२, उपमेयरमा १२ सय ८५ मत पाएको छ ।











प्रतिक्रिया