
अमरराज पुन
रुकुम, १६ असार । पूर्वी रुकुमका ३ वटै गाउँपालिकामा माओबादी केन्द्रले एकलौटी जित हासिल पारेको छ ।
माओवादी केन्द्रले भूमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा विजय हासिल गरेको हो । सार्वजनिक मत परिणाम अनुसार भूमे गाउँपालिकामा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार रामसुर बुढाले ३४८२ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जसिंह बुढाले १६३४ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि माओबादी केन्द्रकै मनकुमारी बिष्टले ३४९२ मत ल्याएर बिजयी भईन् । उनकी प्रर्तिस्पर्धी नेपाली कांग्रेसका कमला बुढाले १३४६ मत प्राप्त गरिन् । ९ वटा वडा रहेको भुमे गाँउपालिकाको वडा नं. ४ बाहेक अरु सबै ८ वडामा माओबादी केन्द्र प्यानल सहित बिजयी भएको छ ।
वडा नं. नं ४ मा भने नेपाली कांग्रेसको पुरै प्यानल बिजयी भएको छ ।

यस्तै, पुथाउत्तरगंगा गाउँपालिकामा पनि माओबादी केन्द्र बिजयी भएको छ । यस गाउँपालिकाको अध्यक्षका उम्मेदवार ओमप्रसाद घर्तीले २५ सय ५१ मत ल्याएर बिजयी भएका छन् । उन्का निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिउमान घर्तीले १२ सय ६३ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओबादी केन्द्रकै ओमकुमारी शाही मल्लले २६ सय ३१ मत प्राप्त गरेर बिजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सिता घतानेले १४ सय ८१ मत प्राप्त गरिन् । १४ वटा वडा रहेको यस गाउँपालिकामा वडा नं ७ र ९ मा नेपाली कांग्रेसको प्यानल र वडा नं १० र १४ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । अन्य १० वटा वडामा भने माओबादी केन्द्र बिजयी भएको छ ।
यसैबीच सिस्ने गाउँपालिकामा पनि नेकपा माओबादी केन्द्र विजयी भएको छ । एमाले र काँग्रेस गठबन्धन रहेको उक्त गाउँपालिकामा अध्यक्षका उम्मेदवार कुमारी बरालले ३२ सय ९६ मत ल्याएर बिजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दलाल शर्माले २४७१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि माओबादी केन्द्रकै गोर्वद्धन बुढाले ३२ सय २६ मत प्राप्त गरेर विजयी भएका छन् भने उन्का निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लक्षिराम घर्तीले २१ सय ६७ मत प्राप्त गरे ।
८ वटा वडा रहेको सिस्ने गाँउपालिकामा २ वटा वडामा नेकपा एमालेले बिजय प्राप्त गरेको छ भने बाँकी ६ वटा वडामा माओबादी केन्द्र बिजय भएको छ ।
वडा नं ६ मा भने नेकपा एमालेका पूर्णजंग मल्ललाई १ मतले पछि पार्दै माओबादी केन्द्रका सुधन रेग्मी बिजयी भएका हुन् ।











प्रतिक्रिया