९ मंसिर २०८३, बुधबार

कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेको जित पक्का, चार गुना मतले एमाले अगाडि

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीताराम चौधरी

चन्द्रौटा (कपिलवस्तु), १६ असार । कपिलवस्तुको शिवराज नगरपालिकाको जारी मतगणनामा एमालेको अग्रता कायमै छ । एमालेले प्रतिद्वन्दीभन्दा ४ गुणाले अग्रता लिएको हो । कूल खसेको ५ हजार २ सय ७ मतमध्ये एमाले मेयरका उम्मेदवार नेत्रराज अधिकारीले १ हजार ९सय ९३ मत ल्याएका छन् । उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरी (थारु) ले २ हजार ९५ मत प्राप्त गरेकी छन् ।

मतपरिणामअनुसार राप्रपाले प्रतिद्वन्दीको रुपमा पछ्याइरहेको छ । राप्रपा मेयरका उम्मेदवार अजय थापाले ६ सय ९६ मत ल्याएका छन् भने उपमेयर सविता चौधरी (थारु)ले ४ सय ८७ मत प्राप्त गरेकी छन् । नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार सतिषचन्द्र गुप्ताले ५ सय ५५ मत पाएका छन् ।

यसैगरी मेयरका उम्मेदवार माओबादी केन्द्रका डा. प्रकाश पौडेलले ४सय र उपमेयरकी उम्मेदवार स्वेता गिरीले ४सय ६५ मत प्राप्त गरेकी छन् । यस्तै मेयर पदमा नेपाली कांग्रेसका प्रेम बहादुर सिंह रायमाझीले ३सय ७८ मत पाएका छन् ।