१० मंसिर २०८३, बिहिबार

दमकमा रोकिएको मतगणना सुरु भयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ असार । बिहीबार साँझदेखि रोकिएको झापाको दमक नगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।

वडा नम्बर १ को अध्यक्षमा एमाले र राप्रपाको बराबरी मत आएपछि एकाएक विवाद सिर्जना भएको थियो । तर, आज साँझदेखि पुनः मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बेदराज फुयाँलले जानकारी दिएका छन् ।

काँग्रेस, माओवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीन बुँदे शर्त अघि सारेका थिए ।