
धरान, १६ असार । धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसले निरन्तर अग्रता लिइरहेको छ । अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवारले मेयरमा ६५९ र उपमेयरमा ६४३ मत पाएका छन् ।
यसैगरी, नेकपा एमालेले मेयरमा ४०० र उपमेयरमा ४१० मत ल्याएका छन् । तेस्रोमा रहेको माओवादीले मेयरमा १८३ र उपमेयरमा ८२ मत ल्याएको छ । अहिले वडा नम्बर १ र २ को मतगणना भइरहेको छ । बिहान १० बजेसम्म १३ सय १० मत गणना भइसकेको छ ।











प्रतिक्रिया